काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ ।
विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।
बुद्ध जयन्तीको अवसरमा आज चन्द्रागिरिमा पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । थानकोट बौद्ध बिहारमा रक्तदान कार्यक्रमको आयोजना गरेको । त्यस्तै थानकोट अवस्थित जितवन विहारले आज बिहान थानकोट पानीघाटदेखि र्यालीको आयोजना गरेको छ ।
आज सरकारले चन्द्रागिरिसहित देशैभरि सरकारी विदा दिएको छ ।