विज्ञापन

'पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु'

काठमाडाैं । ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता अन्तर्गतको पाचौं शृङ्खला सुरु भएकाे छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको अग्रणी शैक्षिक संस्था ब्राइट फ्यूचर माध्यमिक विद्यालयले आयोजना गरेको एसइई कप फुटसल प्रतियोगिता विद्यालयकै प्राङ्गणमा रहेको खेलकुद परिसरमा प्रारम्भ गरिएको छ ।

विज्ञापन

कुल ८ ओटा समूहले भाग लिएको पाचौं फुटसल प्रतियोगिताको पहिलो खेल सनसाइन र रिब्स स्कुलबीच सम्पन्न भएको छ ।

गतवर्षको एसइई परिक्षा सकाएर बसेका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा पहिलो, दोस्रो तथा उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कार र छात्रवृत्ति पाउनेछन् ।

ब्राइट फ्युचर स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा पहिलो हुनेले ३५ हजार रूपैयाँ नगद तथा कक्षा ११ को अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछ भने दोस्रो हुनेले २० हजार रूपैयाँ नगद र कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ ।

त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट ठरिनेले जनही बीस हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेलकुदको माध्यमबाट छात्रवृत्तिको अवसर प्रदान गर्नेगरि आयोजना गरिएको फुटसल प्रतियोगिता आफैमा ब्राइट फ्युचर स्कुलको शैक्षिक क्षेत्रप्रतिको नवीन चिन्तन र प्रयत्न मानिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न