परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको ‘साइबर ब्युरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षाअगावै प्रश्नपत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८ घर भई हाल काठमाडौँ महानगरपालिका ३२‚ सुविधानगर बस्ने ३७ वर्षीय नीराजन शाही तथा धादिङको नीलकण्ठ नगरपालिका ३ घर भई काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका १०‚ कपन […]

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । यसअघि, जिल्ला अदालत काठमाडौँले साढे दुई दशकदेखि समितिले प्रयोग गरिरहेको […]

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएका छन् । आज यहाँ आयोजित छलफलमा उनले कर्मचारीहरूले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै सो कार्य तत्काल रोक्न निर्देशन दिएका हुन् । […]

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको एसईई २०८२ को नतिजा सार्वजनिक भएको छ । यस वर्ष कंकाली माध्यमिक विद्यालय बाट परीक्षा दिएका छात्र आभाष सुवेदीले ४ जिपिए ल्याउँदै उत्कृष्ट सफलता हासिल गरेका छन् । कंकाली माविबाट एसईईमा सहभागी ८९ जना परीक्षार्थीमध्ये ४३ जना उत्तीर्ण भएका छन् । यसैगरी, चण्डिभैरव माध्यमिक विद्यालय बाट परीक्षा दिएका १८ […]

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण भएका छन् । विद्यालयका अनुसार अभिलासा कोइराला, क्रिष्टिना महरा, ओमेस महर्जन, सिद्धिका श्रेष्ठ, स्त्रोत्र अर्याल र सेल्भिया न्याैपानेले ४ जीपीए ल्याउन सफलता पाएका छन् । यस विद्यालयका ८४ जना विद्यार्थीले ३.६०-४.० […]

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडाैं । प्रहरीले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर ४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङ रहेका छन् । जिल्ला […]

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

काठमाडाैं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकमा गएराति गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार राति करिब ११:१० बजे काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टि रहेको भित्तामा ठोकिएको हो। गाडीमा चालकसहित ११ जना सवारमध्ये ९ भारतीय नागरिक र चालकसहित […]

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै हिजाे कोषको अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका हुन् । प्रधानमन्त्री शाहका […]

एसईईको पुरक परिक्षा असार १ गतेदेखि

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा ‘नन-ग्रेडेड’ (एनजी) भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षाको मिति तय गरेको छ । सोमबार शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक गरे लगत्तै बोर्डले आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार पूरक परीक्षा असार १ गते सुरु […]

आजको मौसम: केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान […]