काठमाडाैं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकमा गएराति गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्।
विज्ञापन
प्रहरीका अनुसार सोमबार राति करिब ११:१० बजे काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टि रहेको भित्तामा ठोकिएको हो।
विज्ञापन
गाडीमा चालकसहित ११ जना सवारमध्ये ९ भारतीय नागरिक र चालकसहित २ जना नेपाली नागरिक थिए।
प्रहरीका अनुसार उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।