काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै हिजाे कोषको अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, ऐनको व्यवस्था बमोजिम प्रधानमन्त्री कोषको संरक्षक रहने र संरक्षकले नै अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ । सोही अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले मन्त्री चौधरीलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
यसअघि अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको कार्यकालमा स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्ष बनाइएको थियो।