काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण भएका छन् ।
विद्यालयका अनुसार अभिलासा कोइराला, क्रिष्टिना महरा, ओमेस महर्जन, सिद्धिका श्रेष्ठ, स्त्रोत्र अर्याल र सेल्भिया न्याैपानेले ४ जीपीए ल्याउन सफलता पाएका छन् ।
यस विद्यालयका ८४ जना विद्यार्थीले ३.६०-४.० सम्मको नतिजा ल्याएका छन् भने ५६ जना विद्यार्थीले ३.२०-३.६० जीपीए पाएका छन् भने ७ जना विद्यार्थीले २.८० देखी ३.२० जीपीए प्राप्त गरेका छन् ।
गतवर्ष चैत २९ गते सकिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक थियाे ।
नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षामा चन्द्रागिरि नगर क्षेत्रका विद्यालयबाट कुल २ हजार २ सय ७२ विद्यार्थी सहभागी भएका थिए ।