विज्ञापन

'यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको एसईई २०८२ को नतिजा सार्वजनिक भएको छ । यस वर्ष कंकाली माध्यमिक विद्यालय बाट परीक्षा दिएका छात्र आभाष सुवेदीले ४ जिपिए ल्याउँदै उत्कृष्ट सफलता हासिल गरेका छन् ।

विज्ञापन

कंकाली माविबाट एसईईमा सहभागी ८९ जना परीक्षार्थीमध्ये ४३ जना उत्तीर्ण भएका छन् ।

विज्ञापन

यसैगरी, चण्डिभैरव माध्यमिक विद्यालय बाट परीक्षा दिएका १८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् भने चन्द्रागिरि–१० बोसिगाउँस्थित श्री भैरवनाथ माध्यमिक विद्यालय बाट सहभागी ८ जना विद्यार्थी पनि शतप्रतिशत उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयअन्तर्गत सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको मंगलोदय माध्यमिक विद्यालय बाट ११३ जनाले परीक्षा दिएकोमा १०८ जना उत्तीर्ण भएका छन् । त्यस्तै, बलम्बु माध्यमिक विद्यालय मा ९२ मध्ये ९१ जना, विष्णुदेवी माध्यमिक विद्यालय मा २६ मध्ये २५ जना तथा नारायणजन माध्यमिक विद्यालय मा २० मध्ये १९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी, भीम माध्यमिक विद्यालय बाट ५९ मध्ये ५३ जना, मंगल माध्यमिक विद्यालय बाट २४ मध्ये २१ जना, चण्डिकादेवी माध्यमिक विद्यालय बाट २४ मध्ये २० जना तथा श्रीकृष्ण माध्यमिक विद्यालय बाट २८ मध्ये २२ जना उत्तीर्ण भएका छन् ।

यस्तै, विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय बाट ७६ मध्ये ५९ जना, चन्द्रागिरि–७ चेकपोष्टस्थित प्रभात माध्यमिक विद्यालय बाट २४ मध्ये १८ जना, विद्यामन्दिर माध्यमिक विद्यालय बाट ५८ मध्ये ४१ जना तथा जनविकास माध्यमिक विद्यालय बाट ४४ मध्ये २८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, चुनदेवी माध्यमिक विद्यालय बाट परीक्षा दिएका २२ जनामध्ये ४ जना मात्रै उत्तीर्ण भएका छन् ।

नगरभित्रका सामुदायिक विद्यालयबाट यस वर्ष कुल ८०७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ६४१ जना अर्थात् ७९.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष २०८१ मा ८०५ जना परीक्षार्थीमध्ये ६२५ जना अर्थात् ७७.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष समग्र उत्तीर्ण प्रतिशतमा सुधार देखिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

साम्सद खरेलको पत्रिका बन्द गर्ने अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा आपत्ति

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

चन्द्रागिरि नगरपालिका र नेपाल एपीएफ अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता, अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते हुने

चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरेलाई भ्रष्टाचार मुद्दा !

काठमाडौं उपत्यकासहित आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने