प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ

काठमाडाैं । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम, ट्रामाडोल […]

साम्सद खरेलको पत्रिका बन्द गर्ने अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा आपत्ति

काठमाडाैं । संघीय साम्सद जगदीश खरेलको राजधानी दैनिक पत्रिका बन्द गर्ने अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पत्रकार महासंघले वैशाख ३० गते प्रेस विज्ञप्ति मार्फत सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । यहि वैशाख […]

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। उक्त राजीनामा प्राप्त भएको विषयलाई मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पुष्टि गरेका छन्।

चन्द्रागिरि नगरपालिका र नेपाल एपीएफ अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता, अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिका र नेपाल सशस्त्र अस्पताल,बलम्बु बीच स्वास्थ्य सेवा सम्बन्धि विभिन्न विषयमा सम्झौता भएको छ । वैशाख २८ गते भएको स्वास्थ्य सेवा सम्झौता पत्रमा चन्द्रागिरि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपाली र सशस्त्र अस्पतालको तर्फबाट अस्पतालका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । सम्झौतामा चन्द्रागिरि नगरपालिका र लायन्स क्लब चन्द्रागिरिको लगानीमा खरिद गरिएका […]

राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते हुने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन २०८३ साल जेठ १० गते हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला समितिका अनुसार काठमाडौं जिल्ला भित्रका पालिकाहरूको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गरिसक्ने तालिका अनुरूप चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते तय गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला पदाधिकारीहरूको बैठकले केन्द्रीय सचिवालयको […]

चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरेलाई भ्रष्टाचार मुद्दा !

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा, बारपाक सुलिकोट ७ स्थायी घर भई हाल काठमाडौं, चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीलाई घुस लिई भ्रष्टाचार गरेको आरोपपत्र दायर गरिएको छ । अनुसन्धानबाट प्रतिवादीले लिएको घुस रकमको ५० लाख रूपैयाँ बराबरको चेक एउटा फर्मका नाममा काटिएको र उक्त फर्मकी सञ्चालक ती महिलालाई उपलब्ध […]

काठमाडौं उपत्यकासहित आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । आज काठमाडौं उपत्यकामा हल्का पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी […]