काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा, बारपाक सुलिकोट ७ स्थायी घर भई हाल काठमाडौं, चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीलाई घुस लिई भ्रष्टाचार गरेको आरोपपत्र दायर गरिएको छ ।
विज्ञापन
अनुसन्धानबाट प्रतिवादीले लिएको घुस रकमको ५० लाख रूपैयाँ बराबरको चेक एउटा फर्मका नाममा काटिएको र उक्त फर्मकी सञ्चालक ती महिलालाई उपलब्ध गराइएको खुलेको आयोगले जनाएको छ ।
विज्ञापन
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना हुन मागदाबी लिई उनीलाइ विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
