विज्ञापन

'काठमाडौं उपत्यकासहित आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना'

काठमाडौँ । आज काठमाडौं उपत्यकामा हल्का पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

विज्ञापन

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।   बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

विज्ञापन

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लाहरूमा हावाहुरी, असिना र चट्याङ्गको पनि सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि नगरपालिका र नेपाल एपीएफ अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता, अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते हुने

चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरेलाई भ्रष्टाचार मुद्दा !

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण