काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन २०८३ साल जेठ १० गते हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला समितिका अनुसार काठमाडौं जिल्ला भित्रका पालिकाहरूको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गरिसक्ने तालिका अनुरूप चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते तय गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला पदाधिकारीहरूको बैठकले केन्द्रीय सचिवालयको निर्देशन बमोजिम काठमाडौं जिल्ला भित्र रहेका सम्पूर्ण पालिका तथा वडा तहका अधिवेशनहरू केन्द्रले तोकेको समयसीमाभित्रै सम्पन्न गर्ने निर्णय गरेको हो ।
अधिवेशन तालिका अनुसार काठमाडौं जिल्ला भित्रका पालिकाहरू अन्तर्गत जेष्ठ ९ गते गोकर्णेश्वर र दक्षिणकालीको, जेष्ठ १० गते चन्द्रागिरिको, जेष्ठ १३ गते शंखरापुरको जेष्ठ १४ गते कीर्तिपुरको तथा महानगरको जेष्ठ १५ गते अधिवेशन हुने भएको हो ।
सबै वडा तथा पालिकाहरूको अधिवेशन पश्चात् जेष्ठ २३ र २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्लाको अधिवेशन तय गरिएको काठमाडौं जिल्ला कार्यालय संगठन विभागले जनाएको छ ।