विज्ञापन

'चन्द्रागिरि नगरपालिका र नेपाल एपीएफ अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता, अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने'

काठमाडौं । चन्द्रागिरि नगरपालिका र नेपाल सशस्त्र अस्पताल,बलम्बु बीच स्वास्थ्य सेवा सम्बन्धि विभिन्न विषयमा सम्झौता भएको छ ।

विज्ञापन

वैशाख २८ गते भएको स्वास्थ्य सेवा सम्झौता पत्रमा चन्द्रागिरि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपाली र सशस्त्र अस्पतालको तर्फबाट अस्पतालका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

विज्ञापन

सम्झौतामा चन्द्रागिरि नगरपालिका र लायन्स क्लब चन्द्रागिरिको लगानीमा खरिद गरिएका ७ थान अत्याधुनिक डायलाईसिस मेसिन नेपाल एपीएफ अस्पताललाई उपलब्ध गराउने लगायतका विषय उल्लेख गरिएको छ । सशस्त्र प्रहरी अस्पताललाई उपलब्ध गराउने भनिएका ति डाइलाईसिस मेसिनहरू प्राथमिक अस्पताल थानकोटमा २०८२ असार २८ गतेदेखि थन्किरहेका थिए ।

नेपाल एपीएफ अस्पतालमा २०८० वैशाख २७ गतेदेखि डायलाईसिस सेवा शुरु भएको थियो । नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलाईसिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि शुरु भएको डायलाईसिस सेवामा थप ७ मेसिनले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिईएको छ ।

सम्पन्न सम्झौता अनुसार नेपाल एपीएफ अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने तथा चन्द्रागिरि नगरबासीको स्वास्थ्य उपचार प्राथमिकतामा राख्न उक्त युनिट प्रयोग गरे बापत हुने आर्थिक व्ययभारमा चन्द्रागिरि नगरपालिकाको लगानी सहयोग रहने बताइएको छ ।

आगामी ५ वर्षका लागि गरिएको सम्झौतामा चन्द्रागिरि नगरबासीको स्वास्थ्य सेवा र सहज उपचार सेवाका अन्य बिषयमा समेत सहमति भएको जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

साम्सद खरेलको पत्रिका बन्द गर्ने अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा आपत्ति

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते हुने

चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरेलाई भ्रष्टाचार मुद्दा !

काठमाडौं उपत्यकासहित आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू