विज्ञापन

'साम्सद खरेलको पत्रिका बन्द गर्ने अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा आपत्ति'

काठमाडाैं । संघीय साम्सद जगदीश खरेलको राजधानी दैनिक पत्रिका बन्द गर्ने अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

विज्ञापन

पत्रकार महासंघले वैशाख ३० गते प्रेस विज्ञप्ति मार्फत सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञापन

यहि वैशाख २८ गते संसद् बैठकमा बोल्दै खरेलले संवैधानिक हकको ख्यालै नगरी पत्रिका बन्द गर्न धम्की दिनुलाई महासंघले असंवैधानिकमात्र होइन, निन्दनीय र विधायकलाई पटक्कै नसुहाउने व्यवहारका रुपमा लिएको भन्दै सत्ताको आडमा विधायकले समाचारको विषयलाई लिएर फौजदारी मुद्दा बनाइ प्रहरीको साइवर व्यूरोमा उजुरी गर्नु पनि आपत्तिजनक कार्य भएको जनाएको छ ।

महासंघले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न र भविष्यमा प्रेस स्वतन्त्रताविरोधी हर्कत नदोहोर्‍याउन समेत ध्यानाकर्षण गरेको हो ।

त्यस्तै, बीमापोष्ट डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश जारी भएको विषयप्रति पनि महासंघले ध्यानाकर्षण भएको बताएको छ ।

२०८२ चैत्र २४ र २६ गते सिएनआइका पूर्वअध्यक्ष विष्णु अग्रवालबाट भ्याट र भन्सार छली भएको भनी बीमापोष्ट अनलाइनमा प्रकाशित समाचार हटाउन सम्पादकका नाममा अन्तरिम आदेश जारी गरिएको सन्दर्भमा प्रचलित विधि छलेर समाचार हटाउन विपक्षीको सुनुवाई नै नगरी एकतर्फी आदेश आउनु चिन्ताको विषय भएको उल्लेख गर्दै अदालतको आदेशमा पुनर्विचार गर्न र प्रेसको संवैधानिक अधिकारको संरक्षण गर्न नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

चन्द्रागिरि नगरपालिका र नेपाल एपीएफ अस्पताल बीच स्वास्थ्य सेवा सम्झौता, अस्पतालमा चन्द्रागिरि युनिट स्थापना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर अधिवेशन जेठ १० गते हुने

चन्द्रागिर नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरेलाई भ्रष्टाचार मुद्दा !

काठमाडौं उपत्यकासहित आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने