विज्ञापन
No data was found

'अपि सैपाल सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न'

भाद्र १४/ अत्तरिया

विज्ञापन

अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार अत्तरियामा संस्थाको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष वसन्त रोकायाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा र गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट रहेका थिए ।

विज्ञापन

सहकारी संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ६ करोड ८६ लाख २४ हजार ६९१ रुपैया को कारोबार गरेको र संस्थाले १४ लाख १५ हजार २६० रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

 

 

२०६६ सालमा २६ जना शेयरसदस्यबाट सञ्चालीत सहकारीमा हाल ३ हजार १५ जना शेयरसदस्यहरु रहेका छन भने संस्थाको शेयरपुँजी १ करोड ४५ लाख ६७ हजार १ सय रुपैया रहेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ५ करोड ९८ लाख ७६ हजार ९२४ रुपैया ऋण लगानी गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रतिवेदन अनुसार संस्थामा निक्षेप बचत ४ करोड ५० लाख ६९ हजार ९९७ रुपैया, बैंक मौज्दात २७ लाख ७१ हजार ५६४ रुपैया र नगद मौज्दात ९ लाख २ हजार ३५८ रुपैया रहेको छ । संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज शर्माले गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु