विज्ञापन
No data was found

'जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी'

श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो ।

विज्ञापन

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट हजारौँ दर्शनार्थीहरू जनकपुरधाम आइपुगेको हो ।

विज्ञापन

यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् ।

जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुनेगर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागिसमेत मण्डप सजाएको छ ।

जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीका लागि सिङ्गारिएको छ ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप