विज्ञापन
No data was found

'काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको गितार महोत्सव सुरु'

 

विज्ञापन

अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका आठ देशका गितार वादकहरुले काठमाडौंमा विशेष प्रस्तुति सुरु भएको छ।

विज्ञापन

ग्लोबल म्यूजिक कन्जर्भेटरी र वेभ हस्पिटालिटीको संयुक्त आयोजनामा जेठ ९ र १० गते सुरु भएको अन्तर्राष्ट्रिय गितार महोत्सवमा जर्मनीका पिए अफरम्यान, अष्ट्रिया/इरानका डुओ जाहेर, लिखटेन्सटाइनका लियोन कौडेलक, थाइलेन्डका वरा उम्पावन, यूएसएका म्याक्स स्टेन्बर्ग, फ्रान्सका एन्टोनी मोरिनेरे र नेपालका तर्फबाट किशोर गुरुङले प्रस्तुति दिनेछन् ।

महोत्सव काठमाडौं वशुन्धरास्थित वेभ हस्पिटालिटीमा सुरु भएको हो । अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन ४ गितारिष्टले प्रस्तुति दिनेछन् ।

महोत्सवमा विभिन्न देशको क्लासिकल म्यूजिकको स्वाद प्रस्तुत गरिनेछ । जसमा संगीतप्रेमी सर्वसाधारणदेखि विशिष्ट अतिथिसँगै विदेशी पाहुनाहरुको पनि उपस्थिति रहने आयोजकको भनाइ छ ।

सात दिनसम्म काठमाडौंमा रहने ख्यातिप्राप्त गितारिष्टहरुले केही दिन संगीतका विद्यार्थीहरुलाई मास्टर क्लाससमेत सञ्चालन गरिने महोत्सव संयोजक किशोर गुरुङले साझा कथालाई बताए । उनले यस किसिमको क्लास नेपालमा गितार सिक्दै गरेका विद्यार्थीहरुलाई विशेष अवसरका रुपमा रहने बताए ।

महोत्सवमा फोकल डिस्टोनियाका कारण १५ वर्षदेखि स्टेज प्रफर्मेन्स नगरेका किशोर गुरुङको समेत प्रस्तुति हेर्न पाइनेछ । उनी यस अघि थुप्रै अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने गितार फेष्टिवलहरुमा भाग लिने गर्थे ।

सोही सन्दर्भमा उनलाई यूएसएका चर्चित गितारिष्ट माइकल स्टाण्डउडले ‘‘किशोर हृदय भित्रबाट गितार बजाउँछ, जुन कुराले स्रोताहरुलाई प्रभावमा पारेहेको हुन्छ र म त्यही कुरोलाई मन पराउँछु ।’’ भनेर प्रतिकृया दिएका थिए । त्यस्तै, जर्मनीका जाईटुगं डेली पत्रिकाले ‘‘किशोर गुरुङले गितारको आवाजको विभिन्नतालाई त्रुटिरहित र जादुमय ढंगले प्रस्तुत गर्न सफल भए’’ भनेर लेखेको थियो । किशोर स्व. अम्बर गुरुङका जेठा छोरा हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत