विज्ञापन
No data was found

'दोस्रो चन्द्रागिरि महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न'

काठमाडौं । दोस्रो चन्द्रागिरि महिला ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

विज्ञापन

चन्द्रागिरि महिला ब्याडमिन्टन क्लबको आयोजनामा महांकाल ब्याडमिन्टन कभर्ड हलमा माघ २३ र २४ गते दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, विशेष अतिथि चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रह्लाद रिजाल, चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य लक्ष्मी थापा, महांकाल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निराजन महत, चन्द्रागिरि ब्याडमिन्टन क्लबका अध्यक्ष राजकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन

३ ओटा विधा अन्तर्गत खेलाइएको उक्त प्रतियोगितामा महिला डबल्स (टप १० बाहेक) प्रतियोगितामा नविना राई र निसंम हांमा सुब्बा प्रथम हुन सफल भएका छन् भने शर्मिला केसी र सरुसा मगर दोस्रो तथा शोभा गुरुङ, अविना गुरुङ, अस्मिता खत्री र अनुपमा क्षेत्री तेस्रो भएका थिए ।

त्यस्तै, छात्र तर्फ स्टीभ खत्री प्रथम, शोभव विष्ट दोस्रो र साजन तामाङ र साग्रिन गोपाली तेस्रो भएका थिए भने छात्रा तर्फ सुजाता मगर प्रथम, एलिना मगर दोस्रो तथा लाक्पाडोल्पा र दिक्षिता लामिछाने तेस्रो भएका थिए ।

महिला डबल्समा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई २५,२५ सय, तक्मा, ट्रफी र प्रमाण पत्र दिइएको थियो । त्यस्तै, छात्र र छात्रा (सिंगल)तर्फ प्रथम हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुने दुई टिमलाई १, १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र दिइएको थियो ।

दोस्रो चन्द्रागिरि महिला ब्याडमिन्टन प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, नगर उप-प्रमुख बसन्ती श्रेष्ठले खेलकुद क्षेत्रमा महिलाहरूको सहभागिता एवम् क्रियाशीलताले महत्वपूर्ण र विशेष अर्थ राख्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप