काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
विज्ञापन
लिग २ मा नेपाल अहिले २१ खेलबाट १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्ष चारभित्र रहँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न नेपाललाई बाँकी रहेका १५ खेलमध्ये करिब १२ खेल जित्नुपर्ने दबाब छ ।
विज्ञापन
ओमान २५ खेलमा २९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।