विज्ञापन

'चन्द्रागिरिमा प्रथम नगरस्तरीय बृहत् भजन सम्मेलन हुँदै, कार्तिक २८ गते थानकोटमा आयोजना गरिने'

काठमाडौं । धार्मिक आस्था, भजन संस्कृति तथा मौलिक सांगीतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चन्द्रागिरिमा प्रथम नगरस्तरीय बृहत् भजन सम्मेलन–२०८३ आयोजना हुने भएको छ।

विज्ञापन

वैदिक सनातन धर्म भजन नगर समितिको आयोजनामा आगामी २०८३ साल कार्तिक २८ गते चन्द्रागिरि नगरपालिका–४, थानकोटमा सम्मेलन हुन लागेको हो। श्री आदिनारायण भजन मण्डलको व्यवस्थापनमा हुने सम्मेलनमा चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न भजन समूह तथा धार्मिक–सांस्कृतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

विज्ञापन

समितिका अध्यक्ष धनबहादुर गोपालीले भजन तथा कीर्तन नेपाली समाजको धार्मिक र सांस्कृतिक परम्पराका महत्वपूर्ण पक्ष भएकाले यसको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए। उनले नगरभित्र क्रियाशील भजन समूहलाई एउटै मञ्चमा जोड्दै आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकता अभिवृद्धि गर्न सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

थानकोटस्थित श्री आदिनारायण भजन मण्डलले धार्मिक तथा सांगीतिक गतिविधिमार्फत स्थानीय कला र संस्कृतिको संरक्षणमा सक्रियता देखाउँदै आएको छ। गत असार ९ गते मण्डलको परिसरमा भारतीय पखावज वादक निशान्त सिंहको विशेष पखावज वादन कार्यक्रम आयोजना गरिएको थियो। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र नयाँ पुस्तामा शास्त्रीय संगीतप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा शास्त्रीय संगीतप्रेमी तथा स्थानीयको सहभागिता रहेको थियो।

यसअघि सञ्चालन गरिएका सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै आयोजना हुन लागेको नगरस्तरीय भजन सम्मेलनले चन्द्रागिरिका विभिन्न भजन समूहबीच अनुभव आदानप्रदान, सहकार्य र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

नेपाल संवत् ११४७ को भिन्तुना उत्सवले नागार्जुनमा जगायो सांस्कृतिक जागरण, मौलिक पहिचान संरक्षणमा जोड

चन्द्रागिरिमा मरेका १५२ कुखुरा बोकेको भ्यान नियन्त्रणमा, किनबेचले उठायो जनस्वास्थ्यमा गम्भीर प्रश्न

८१ वर्षीय बेलायती लेखक एम. जोन ह्यारिसनलाई २०२६ को बुकर पुरस्कार

चिसापानी गढीमा ईभी माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु, पाँच जना घाइते

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

चन्द्रागिरिमा सामाजिक सञ्जालमार्फत ठगीको प्रयास : ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहन कार्कीको नाम र तस्बिर दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्टबाट रकम माग

काठमाडौं उपत्यकामा असिनासहित वर्षा, चिसो बढ्यो

मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा चन्द्रागिरिमा नेपाल संवत् ११४७ भव्य रूपमा सम्पन्न