विज्ञापन

'नेपाल संवत् ११४७ को भिन्तुना उत्सवले नागार्जुनमा जगायो सांस्कृतिक जागरण, मौलिक पहिचान संरक्षणमा जोड'

काठमाडौं । नेपाल संवत् ११४७ को अवसरमा नागार्जुनमा आयोजित नगरस्तरीय भिन्तुना तथा सांस्कृतिक कार्यक्रमले नेवाः सभ्यता, मौलिक संस्कृति र पहिचान संरक्षणको सन्देश दिएको छ।

विज्ञापन

नेवाः देय् दबू जामाःच्व नगर समितिको आयोजनामा गत कात्तिक २४ गते नागार्जुन नगरपालिका–५ स्थित हरसिद्धि मन्दिर प्राङ्गण, सीतापाइलामा ‘भिन्तुना कालबिल नापं सांस्कृतिक ज्याझ्वः’ अर्थात् शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

विज्ञापन

नगरभित्रका विभिन्न गुठी, समूह तथा संस्कृतिप्रेमीहरूको सहभागितामा मोटरसाइकल, साइकल र पैदल र्‍याली निकालिएको थियो। नगरका विभिन्न स्थानबाट सुरु भएका र्‍यालीहरू हरसिद्धि मन्दिर प्राङ्गणमा पुगेर सभामा परिणत भएका थिए। गत वर्षदेखि नगरस्तरीय रूपमा आयोजना हुँदै आएको भिन्तुना कार्यक्रमले यस वर्ष पनि उल्लेख्य जनसहभागिता जुटाएको आयोजकले जनाएको छ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विशेष अतिथि तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बागमती प्रदेशसभा सदस्यहरू, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारी, नगर प्रवक्ता महेश रिमाल, विभिन्न वडाका अध्यक्षहरू तथा नेवाः देय् दबू केन्द्रीय समितिका महासचिव श्रीकृष्ण महर्जनलगायतको उपस्थिति थियो।

नेवाः सभ्यता संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसैगरी नगर प्रवक्ता महेश रिमाल, वडा नं. २ का अध्यक्ष थुमबहादुर केसी र वडा नं. ३ का अध्यक्ष उमेश लामालाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नेवाः देय् दबू केन्द्रीय समितिका महासचिव श्रीकृष्ण महर्जनले स्थानीय तहमा नेपाल संवत्को प्रयोग र कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन तयार गर्न नगर समितिलाई आग्रह गरेका थिए। उनले नागार्जुन नगरपालिकाको नाम रञ्जना लिपिमा लेखेर स्थानीय मौलिक पहिचानलाई संस्थागत गर्न पनि नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।

नगर समितिका वरिष्ठ उपाध्यक्ष विश्वराम बलामीले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए। समितिका अध्यक्ष अजित पुतुवारले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए।

नेपाल संवत्को प्रवर्द्धन, नेवाः भाषा, कला, संस्कृति र सभ्यताको संरक्षणसँगै नयाँ पुस्तामा मौलिक पहिचानप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सांस्कृतिक एकता र सामुदायिक सहभागिताको महत्वलाई पुनः उजागर गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरिमा मरेका १५२ कुखुरा बोकेको भ्यान नियन्त्रणमा, किनबेचले उठायो जनस्वास्थ्यमा गम्भीर प्रश्न

८१ वर्षीय बेलायती लेखक एम. जोन ह्यारिसनलाई २०२६ को बुकर पुरस्कार

चिसापानी गढीमा ईभी माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु, पाँच जना घाइते

चन्द्रागिरिमा प्रथम नगरस्तरीय बृहत् भजन सम्मेलन हुँदै, कार्तिक २८ गते थानकोटमा आयोजना गरिने

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

चन्द्रागिरिमा सामाजिक सञ्जालमार्फत ठगीको प्रयास : ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहन कार्कीको नाम र तस्बिर दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्टबाट रकम माग

काठमाडौं उपत्यकामा असिनासहित वर्षा, चिसो बढ्यो

मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा चन्द्रागिरिमा नेपाल संवत् ११४७ भव्य रूपमा सम्पन्न