वीरगंजमा ड्रोन मार्फत सर्वे गर्ने कार्य सुरू

आज देखि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रको भू तथ्यांक संकलन गर्न ड्रोन मार्फत सर्वे गर्ने कार्य सुरू गरेको छ । यसबाट भू–तथ्यांक व्यवस्थापन, बैज्ञानिक ठेगाना प्रणाली र डिजिटल घर नम्बरिङ हुने हुँदा यसले तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुगी कर प्रणालीमा समेत सुधार ल्याउने हुँदा महानगरपालिकाको श्रीबृद्धिमा कोसे ढुंगा साबित हुने विश्वास महानगरले […]
हाँडीगाउँमा कहीँ नभएको जात्रा मनाइँदै

काठमाडौँ । हाँडीगाउँमा कहीँ नभएको जात्रा मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि जात्रा औपचारिक रुपमा सुरु हुन्छ । यसको भोलिपल्टदेखि ३ दिनसम्म जात्रा चलाउने चलन छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलले जात्राका सांस्कृतिक एवं सामाजिक क्रियाकलापमा भाग लिनुभयो । जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर […]
भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपाल भुटान सँग बराबरीमा रोकिएको छ । उत्कृष्ट प्रदर्शन गर्दै भुटानले नेपाली महिला टिमलाई बराबरिमा रोक्न सफल भएको हो ।
चित्लाङ्गका गोपाली तथा गमाल समुदायले भोलि दसैंको टीका लगाउँदै

काठमाडौं । मकवानपुर जिल्ला , थाहा नगरपालिका वडा नं १० बिसिङ्गखेल लगायत क्षेत्रका गोपाली र गमाल समुदायहरुले भोलि कार्तिक ३ गते यसपालिको दसैं टीका लगाउने भएका छन् ! त्यस क्षेत्रमा परम्परागतरूपमा मनाइने चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दसैं परेकोले ती समुदायले दसैंको टीका पछि सारेका थिए । हिजो कात्तिक १ गते चम्पाकेश्वर […]
चन्द्रागिरि नगरमा ४० माईक्रोनभन्दा कम प्लाष्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ४० माईक्रोनभन्दा कमको प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । ४० माईक्रोनभन्दा कमको प्लाष्टिक तथा आयातित प्लाष्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर हुनुका साथै प्रयोग पश्चात सार्वजनिक स्थान, सडक, नदीमा फाल्ने जलाउने गर्दा वायु प्रदुषण भई मानव स्वास्थ्यमा समेत असर हुने भएकोले यस्ता सामग्रीलाई प्रतिवन्ध […]
सहकारी प्रकरणमा रविसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त […]
बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा […]
प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

काठमाडौँ । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा उक्त मनसुनजन्य विपद्का […]
साफ महिला च्याम्पियनसिप : माल्दिभ्समाथि श्रीलंकाको जित

काठमाडौं। साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो । श्रीलंकाका लागि इमेशा वार्नाकुलासुरियाले गोल गरिन् । उनले खेलको १७ औं मिनेटमा श्रीलंकाका लागि गोल गरिन् । साढे ५ बजे हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन् ।
हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडक ३ दिनको लागि बन्द

हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्ने छोटो दूरीको दुईवटा बाटो ३ दिनका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित बाटोको मर्मत तथा ह्युमपाइप हाल्ने काम भइरहेको ३ दिन सडक अवरुद्ध हुने भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडकका लागि अन्य बाटो प्रयोग गर्न यात्रुलाई अनुरोध […]