विज्ञापन
No data was found

'चन्द्रागिरि नगरमा ४० माईक्रोनभन्दा कम प्लाष्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध'

 

विज्ञापन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ४० माईक्रोनभन्दा कमको प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

विज्ञापन

४० माईक्रोनभन्दा कमको प्लाष्टिक तथा आयातित प्लाष्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर हुनुका साथै प्रयोग पश्चात सार्वजनिक स्थान, सडक, नदीमा फाल्ने जलाउने गर्दा वायु प्रदुषण भई मानव स्वास्थ्यमा समेत असर हुने भएकोले यस्ता सामग्रीलाई प्रतिवन्ध गरिएको चन्द्रागिरि नगरले जनाएको छ ।

यस्ता सामग्रीले मुटु, फोक्सो, आँखामा प्रत्यक्ष असर गर्नुका साथै वातावरण फोहोर हुने भएकोले प्रतिवन्ध गरिएको चन्द्रागिरि नगरपालिका वरिष्ठ शाखा अधिकृत भद्रा अर्यालले जानकारी दिए ।

आफ्नो घर, पसल, सडकमा फोहोर मैला, कसिंगर र कृषिजन्य फोहोर फाल्ने जलाउने नगर्न समेत अनुरोध
गरिएको छ ।

यदि कसैले त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिक जरिवाना समेत हुने पनि जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌