विज्ञापन
No data was found

'हाँडीगाउँमा कहीँ नभएको जात्रा मनाइँदै'

काठमाडौँ । हाँडीगाउँमा कहीँ नभएको जात्रा मनाइँदैछ । कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि जात्रा औपचारिक रुपमा सुरु हुन्छ । यसको भोलिपल्टदेखि ३ दिनसम्म जात्रा चलाउने चलन छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलले जात्राका सांस्कृतिक एवं सामाजिक क्रियाकलापमा भाग लिनुभयो ।

विज्ञापन

जात्रामा नारायणको भजन गाउँदै खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । यससँगै रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु जात्राको अर्को विशेषता हो । यस्तै परम्पराका कारण जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो ।

विज्ञापन

यसरी जात्रा मनाउने परम्परासँग प्रचलित जनश्रुतिमध्ये गर्भवती दिदीबहिनीको कथा प्रख्यात छ । एकपटक गर्भवती दुईजना दिदीबहिनी एकान्त स्थान बसेर कुराकानी गर्दै थिए । दिदीले बहिनीसँग भनिछे, ‘बच्चा जन्माउन धेरै गाह्रो हुने सुनेकी छु । त्यसैले म त नारायण देवताको सहाराका लागि प्रार्थना गरिरहेकी छु ।’ यो कुरा सुनेर बहिनीले भनिछे, ‘भगवानले आएर बच्चा जन्माइ दिने हो र, म त आफैँ बच्चा जन्माउन सक्छु ।’ उनको भनाइमा घमण्ड प्रतीत हुन्थ्यो ।

सुतक समय आएपछि दिदीले सजिलै बच्चालाई जन्म दिइन् । बहिनीले १२ महिनासम्म पनि बच्चा जन्माउन सकिनन् । बहिनीले के कति कारणले जन्माउन सकिनन् भनेर जान्नेबुझ्नेसँग देखाउँदा बहिनीले भगवानलाई विश्वास नगरेको, अपमान गरेकाले बच्चा जन्माउन नसकेको बताए । उनीहरुले बच्चाको जन्मका लागि भगवानसँग माफी माग्नु पर्ने सुझाव दिए ।

यही सल्लाहअनुसार बहिनीले नारायण भगवानलाई खुसी पार्न संसारमा कहीं नभएको जात्रा गर्ने र कतै नभएको फूल चढाउने भाकल गरिन् । यसपछि उनले सन्तानलाई जन्म दिन सकिन् । सन्तानको जन्म भएपछि, आफूलाई कठिन परेको बेलामा गरेको भाकलअनुसार हरेक बर्ष अन्यत्र कतै नगरिएको शैलीमा खटलाई उल्टो बनाउने, उल्टो खटमाथि नारायणको मूर्ति राखेर घुमाउँदै परिक्रमा गराउन थालिएको विश्वाश छ ।

जात्राको मौलिक नाम चोकदे नारायणको जात्रा हो । जात्रामा तीन वटा खट हुन्छन् ।

नरःदे (हाँडीगाउँ) 

यो उपत्यकामा पूर्व लिच्छवि, वर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिने गरिन्छ । इसापूर्व दोस्रो शताब्दीको पुरातात्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरुको जग यसै क्षेत्रमा भेटिएका छन् । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरका अवशेष पाइएको छ ।

गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) र द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह र (चौखटको चोक्ट्या नारायणको चोक र कैलाशकुट भवनको चमत्कारी तलाउ यसै क्षेत्रमा पर्छन् ।

यस क्षेत्रबाट चल्ने टुँडालदेवीको जात्रा किराँतकालीन र नारायण जात्रा लिच्छविकालीन भएको मानिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बंगलादेशमा बीएनपीको कमब्याक, खालिदा जियाका छोरा प्रधानमन्त्री बन्ने पक्का

“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना, के हो “डिफफेक” ?

चन्द्रागिरि साहित्य समाजको आयोजनामा स्रष्टा सम्मान तथा कविता प्रतियोगिता हुने

टी-२० विश्वकपको दोस्रो खेलमा इटलीको सामना गर्दै नेपाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा

अमरावती भ्वाइस आइडल सिजन एकको फाइनल सम्पन्न

यो वर्ष पनि नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा

चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु