विज्ञापन
No data was found

'चित्लाङ्गका गोपाली तथा गमाल समुदायले भोलि दसैंको टीका लगाउँदै'

काठमाडौं । मकवानपुर जिल्ला , थाहा नगरपालिका वडा नं १० बिसिङ्गखेल लगायत क्षेत्रका गोपाली र गमाल समुदायहरुले भोलि कार्तिक ३ गते यसपालिको दसैं टीका लगाउने भएका छन् !

विज्ञापन

त्यस क्षेत्रमा परम्परागतरूपमा मनाइने चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दसैं परेकोले ती समुदायले दसैंको टीका पछि सारेका थिए ।

विज्ञापन

हिजो कात्तिक १ गते चम्पाकेश्वर महादेवको जात्रा मनाइसकेको हुँदा भोलि ३ कात्तिकमा दसैंको टीका लगाउने स्थानीय रामकृष्ण गमालले जानकारी दिए ।

कार्तिक संक्रान्तिदेखि वरको छैठौं दिन महानवमी परेकोले यसपालिको दसैं पछि सरेको स्थानियहरूले बताएका छन् ।

ऐतिहासिक गोपाली समुदायको परम्परागत चम्पाकेश्वर जात्राका लागि “आँग” अर्थात प्रसादका लागि जाँड राख्ने दिन कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए “दसैंं मान्थ्यौंְ” जात्राका गुरु श्याम बहादुर गोपालीले बताए ।

यसपाली चित्लाङको गोपाली समुदायको बसोबास रहेको न्हुँलगाउ र टौखेल तथा गमाल जातिको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दसैं सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌