विज्ञापन
No data was found

'हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडक ३ दिनको लागि बन्द'

हेटौंडा हुँदै काठमाडौं आउजाउ गर्ने छोटो दूरीको दुईवटा बाटो ३ दिनका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित बाटोको मर्मत तथा ह्युमपाइप हाल्ने काम  भइरहेको ३ दिन सडक अवरुद्ध हुने भएको हो ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडकका लागि अन्य बाटो प्रयोग गर्न यात्रुलाई अनुरोध गरिएको छ ।

विज्ञापन

वैकल्पिक बाटोका रूपमा हेटौंडा भैसे पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌