जेनजीको नाममा नि:शुल्क सेयर माग्दै सिन्धुपाल्चोकमा १४ हाइड्रोपावर ठप्प पार्ने चेतावनी

काठमाडौं । जेनजीको नाममा नि:शुल्क सेयर माग्दै सिन्धुपाल्चोकमा १४ हाइड्रोपावर ठप्प पार्ने चेतावनी दिएका छन् । सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका र निमार्णधिन १४ वटा हाइड्रोपावरहरुले १० प्रतिशत सेयर निशुल्क आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने माग गर्दै उक्त सेयर नदिए परियोजना सञ्चालन गर्न नदिने चेतावनी दिएका हुन् । जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजनामा […]
जेन जी आन्दोलनको भिडियो बनाएर चर्चा बटुलेका युट्युबर ज्याक्शनले नेपालको हिमाली पर्यटन प्रवर्द्धन गर्ने

काठमाडौं । जेन जी आन्दोलनको भिडियो बनाएर चर्चा बटुलेका बेलायती युट्युबर ह्यारि ज्याक्शनले नेपालको हिमाली भेगमा मोटरसाइकल यात्रा गर्दै भिडियो भ्लग बनाउन लागि रोयल इनफिल्ड मोटरसाइकलको नेपाली उत्पादक त्रिवेणी अटो ग्रुपसँग अनुबन्धित भएको जानकारी सार्वजनिक गरेका छन्। ज्याक्शनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् रोयल इनफिल्डसँग हिमाली भेगमा ४५० सिसी क्षमताको मोटरसाइकलमा यात्रा गर्दै भ्लग बनाउनेबारे […]
राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको २५ करोडको सीमा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी लामो समयदेखि लागू गरिएको २५ करोड रुपैयाँको एकल ग्राहक सीमा (Single Obligor Limit) हटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २०८२ मा जारी गरेको परिपत्र नं. ६ (क, ख, ग) मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यो व्यवस्था संशोधन […]
सरकारको आग्रहपछि जेन-जीको आन्दोलन फिर्ता

काठमाडौं – जेनजीको एक समूहले असोज २३ गतेका लागि आयोजना गरेको आन्दोलन स्थगित गरिएकाे छ । एनटीईके–जेड समूहको नामबाट जारी विज्ञप्तिमा भनिएको छ कि भोलि हुने प्रदर्शन विभिन्न अराजक तत्वहरूको हस्तक्षेपका कारण अप्रिय घटनामा परिणत हुन सक्ने सम्भावना देखिएको छ। विज्ञप्तिमा उल्लेख छ, “केन्द्रीय पदाधिकारीहरूको छलफलपछि परिस्थिति अनुकूल नभएको भन्दै असोज २३ गतेको आन्दोलन स्थगित […]
घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गर्न र भूमि आयोगको सदस्य बनाउनका लागि घुस डिल गरेको […]
लुटपाट, आगजनी र तोडफोडको आरोपमा पक्राउ परेका करिब २५० जना रिहा

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका राष्ट्रिय सम्पदामा तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन् । महानगरीय प्रहरी कार्यालय मातहतका विभिन्न युनिटबाट पक्राउ परेका उनीहरूलाई गृह मन्त्रालयको निर्देशनमा दशैंअघि नै रिहा गरिएको हो । गृह मन्त्रालयले घटनाबारे […]
जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

काठमाडाैं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा सहिद भएका प्रत्येक परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । असोज २२ गते चौधरी ग्रुपका निर्वाण चौधरीले आन्दोलनका क्रममा चौधरी ग्रुपको निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले आफूहरूलाई गहिरो पीडा दिएको भएपनि दृढ […]
सात प्रदेशका जेनजी संयोजकको संयुक्त विज्ञप्ति: स्वार्थअनुसार नियुक्ति कायम रहेसम्म भ्रष्टाचारको अन्त्य हुन सक्दैन

जेनजी आन्दोलनका सातै प्रदेशका संयोजकहरूले विज्ञप्ति जारी गरी पुराना दलका स्वार्थअनुसार राज्यका निकायमा नियुक्ति भएसम्म भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित नहुने बताएको छ। उनीहरूले जेनजी आन्दोलनले सरकार ढल्नुमात्रै उद्देश्य नभई भ्रष्टाचार मुक्त शासनको व्यवस्था गर्नु भएको बताएका छन्। विभिन्न समूहले मुलुकलाई अस्थिरता, अराजकता र हिंसात्मक गतिविधितर्फ धकेलेर थप संकट उत्पन्न गराउने मोडमा रहेको पनि उनीहरूको […]
महेश बस्नेतको चुनौती: मलाई पक्राउ गरेर देखाउनुस् !

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गरे । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, […]
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधवार बिहान उनी साइबर ब्युरो पुगेका हुन् । उनीसँग बयान लिइएको ब्युरोले जनाएको छ । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् ।
मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

काठमाडाैं । मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो। योसँगै नेपालले ३-२ ले सिरिज जितेको छ । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो। यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो।
प्रभात माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा सम्पर्कविहिन

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ७ पाल्तेन प्लटिङमा बस्ने १५ वर्षीया विनिता लामा हराइरहेकी छिन् । चन्द्रागिरि नगरपालिकाको प्रभात माध्यामिक विद्यालयमा कक्षा ७ पढ्दै गरेकी लामा असोज ११ गतेदेखि चन्द्रागिरिबाट हराइरहेकी हुन् । विनोद लामा तथा सीता मगरकी छोरी १५ वर्षीया लामालाई कसैले देख्नु भएको खण्डमा नजिकैको प्रहरी कार्यालयमा वा ९८४१२८६५३४ नम्बरमा सम्पर्क गरिदिनुहुन […]