विज्ञापन
No data was found

'सात प्रदेशका जेनजी संयोजकको संयुक्त विज्ञप्ति: स्वार्थअनुसार नियुक्ति कायम रहेसम्म भ्रष्टाचारको अन्त्य हुन सक्दैन'

जेनजी आन्दोलनका सातै प्रदेशका संयोजकहरूले विज्ञप्ति जारी गरी पुराना दलका स्वार्थअनुसार राज्यका निकायमा नियुक्ति भएसम्म भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित नहुने बताएको छ।

विज्ञापन

उनीहरूले जेनजी आन्दोलनले सरकार ढल्नुमात्रै उद्देश्य नभई भ्रष्टाचार मुक्त शासनको व्यवस्था गर्नु भएको बताएका छन्।

विज्ञापन

विभिन्न समूहले मुलुकलाई अस्थिरता, अराजकता र हिंसात्मक गतिविधितर्फ धकेलेर थप संकट उत्पन्न गराउने मोडमा रहेको पनि उनीहरूको धारणा छ।

जेनजी आन्दोलनको प्रदर्शनपछि छुट्टाछुट्टै समूह बन्दै गएका छन्।

त्यसैबीच असोज ३ गते बालुवाटारमा आन्दोलनमा सहभागी विभिन्न प्रतिनिधिहरू भेला भएका थिए। त्यहाँ हामी नेपालका संस्थापक सुदन गुरूङ लगायत अन्य जेनजी प्रतिनिधिहरू सहभागी भए।

उक्त बैठकले सातै प्रदेशका संयोजक पनि तोक्यो। उक्त घोषणा सुदन गुरूङले गरेका थिए।

उनले प्रदेशगत संरचना अनुसार अन्य जेनजीका प्रतिनिधि नबनेको पनि बताए। जिल्लामा रहेका जेनजी प्रतिनिधिहरूसँग पनि सहकार्य भइरहेको उनले बताए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत