विज्ञापन
No data was found

'घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर'

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञापन

आयोगले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गर्न र भूमि आयोगको सदस्य बनाउनका लागि घुस डिल गरेको आधारमा सो मुद्दा दायर गरेको हो ।

विज्ञापन

आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई बिगो ७८ लाख र पूर्वमन्त्री तथा नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई ७८ लाख बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यस्तै, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङलाई ७८ लाख, खमबहादुर पुनलाई २५ लाख, यामकुमारी गुरुङलाई ७८ लाख र तुल्सीराम बुढालाई ७८ लाख बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

5SGp7b

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌