विज्ञापन
No data was found

'जेनजीको नाममा नि:शुल्क सेयर माग्दै सिन्धुपाल्चोकमा १४ हाइड्रोपावर ठप्प पार्ने चेतावनी'

काठमाडौं । जेनजीको नाममा नि:शुल्क सेयर माग्दै सिन्धुपाल्चोकमा १४ हाइड्रोपावर ठप्प पार्ने चेतावनी दिएका छन् ।

सिन्धुपाल्चोकमा सञ्चालनमा रहेका र निमार्णधिन १४ वटा हाइड्रोपावरहरुले १० प्रतिशत सेयर निशुल्क आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने माग गर्दै उक्त सेयर नदिए परियोजना सञ्चालन गर्न नदिने चेतावनी दिएका हुन् ।

जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजनामा जेनजी युवाहरुले सेयर नदिएको भन्दै आयोजना बन्द धम्की दिएपछि आयोजना २८ दिनदेखि बन्द छ । जेनजी समुह सहितका युवाहरुले धम्की दिएपछि आयोजनाका कर्मचारीले २८ दिन अगाडि आयोजना बन्द गरेका थिए ।

२३ र २४ भदौमा भएको जेन जी आन्दोलनपछि जिल्लामा जेन जी समुह भन्दै स्थानीलाई निशुल्क सेयर दिनुपर्ने मागसहित हाइड्रोपावर परियोजनामा धम्कीसहितको पत्र पठाइएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले बताएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌