सतुंगलमा नेपाली काङ्ग्रेसका नेताद्वय प्रकाशमान सिंह र राजेन्द्र कुमार केसी सहभागी हुने

काठमाडाैं । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली काँग्रेस पार्टीद्वारा आव्हान गरिएको सत्याग्रहमा सहभागी भएका व्यकित्वहरूलाई सम्मान गरिने कार्यक्रममा नेपाली काङ्ग्रेसका शिर्ष नेताहरू प्रकाशमान सिंह र राजेन्द्र कुमार केसी सहभागी हुने भएको छ । बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको सचिवालयद्वारा आयोजना गरिन लागेको उक्त कार्यक्रममा इतिहासमा लोकतान्त्रिक व्यवस्थाका लागि लडेका व्यक्तिहरूलाई सम्मान सहित कदर पत्रद्वारा […]
चन्द्रागिरि नगरकप ब्याडमिन्टन प्रतियोगिता भाेलिदेखि सुरु हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पाँचौं खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ भोलिदेखि सुरु हुँदैछ । राष्ट्रव्यापी खुल्ला भेट्रान्समा ३१ टिमको सहभागीता रहने छ । त्यस्तै चन्द्रागिरि नगर स्तरीय “बी” समूहमा २० टिमले भाग लिएको आयोजकले जनाएको छ भने अन्तर नगरपालिका अन्तर्गत चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुर सहभागी प्रतियोगितामा १५ टिमको सहभागीता रहेको छ । भोलिदेखि सुरु हुने प्रतियोगितामा […]
चित्लाङ ‘भ्यू टावर’ बुधबारदेखि संचालन हुँदै

काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको चित्लाङ ‘भ्यू टावर’ बुधबारदेखि संचालनमा आएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेसँगै ‘भ्यू टावर’ संचालनमा आउन लागेकाे हो । मुख्यमन्त्री बाँनियाँले चित्लाङ ‘भ्यू टावर’ले थाहा नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने बताए । पर्यटकीय नगरीको पहिचान बनाउन सफल भएको थाहा नगरपालिकाको पर्यटन विकासमा विगतदेखि […]
थानकोटको त्रिभुवन पार्कमा भेटिएको मृत व्यक्तिको पहिचान खुल्यो

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको थानकोट त्रिभुवन पार्कस्थित थ्रिडी आर्ट पछाडि आज बिहान मृत अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ । थानकोट प्रहरी वृत्तका अनुसार मृत भेटिएका व्यक्ति चन्द्रागिरि नगरपालिका वडा नंं ३ मा बसोबास गर्ने गणेशमान थिङको रहेको खुलेको हो । मृत अवस्थामा भेटिएका थिङको परिवार सम्पर्कमा आएर शव पहिचान गरि सनाखत गरेको प्रहरीले जनाएको […]
सुशीला कार्की नेतृत्वकाे सरकार भङ्ग गर्न विप्लवले दिए १० दिनकाे ‘अल्टिमेटम’

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएकाे छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा माओवादीले कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न माग गरेको हो । ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन […]
सूचना लुकाउन एकप्रति मात्रै पत्रिका छापेको आरोपमा सम्पादकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । सडक कालोपत्रे गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउनका लागि नगरपालिकाका कर्मचारी र सम्पादकको मिलेमतामो एकप्रति मात्रै पत्रिका छापेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सहलेखापाल उपेन्द्रकुमार साह तथा जन प्रतिबिम्ब द्रनिकका प्रकाशक तथा सम्पादक सञ्जयकुमार साहविरुद्ध बुधबार विशेष […]
राष्ट्रियसभा निर्वाचनः निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा […]
मंगलोदय मा.विका प्र.अ. कविन्द्र गोपाली सामुदायिक विद्यालय समितिको अध्यक्ष चुनिए

काठमाडाैं । थानकोट मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपाली चन्द्रागिरि नगरपालिका स्तरीय सामुदायिक विद्यालय समितिको अध्यक्षमा चुनिएका छन् । पौष ८ गते मंगलोदय स्कुलमा बसेको चन्द्रागिरि नगरपालिकामा सञ्चालनमा रहेका २२ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त भेलाले गोपालीलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको सामूहिक हकहित तथा शिक्षक एवम् कर्मचारीहरूको सामूहिक समस्याको संस्थागत […]
चन्द्रागिरि हिल्सलाई श्रम तथा रोजगार कार्यालयको लिखित जवाफसहित उपस्थित हुन निर्देशन

काठमाडाैं । चन्द्रागिरि हिल्सले हिल्समा कार्यरत कर्मचारीहरूको संचित विदा कटौती गरेको विषयमा श्रम तथा रोजगार विभाग टेकुले लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको छ । हिल्समा आधिकारिक रूपमा कृयाशील नेपाल एकीकृत होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले बिना कारण श्रमिकहरूको संचित विदा कटौती गरेको भन्दै मंसिर २९ गते दर्ता गरेको निवेदनलाई आधार मानेर श्रम तथा […]