विज्ञापन
No data was found

'थानकोटको त्रिभुवन पार्कमा भेटिएको मृत व्यक्तिको पहिचान खुल्यो'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको थानकोट त्रिभुवन पार्कस्थित थ्रिडी आर्ट पछाडि आज बिहान मृत अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

विज्ञापन

थानकोट प्रहरी वृत्तका अनुसार मृत भेटिएका व्यक्ति चन्द्रागिरि नगरपालिका वडा नंं ३ मा बसोबास गर्ने गणेशमान थिङको रहेको खुलेको हो ।

विज्ञापन

मृत अवस्थामा भेटिएका थिङको परिवार सम्पर्कमा आएर शव पहिचान गरि सनाखत गरेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार मृतक थिङले नियमित मादक पदार्थ सेवन गर्ने गरेको साथै घरमा पनि धेरै बस्ने नगरेको बुझिएको छ ।

थिङलाई मृत अवस्थामा आज बिहान थानकोट, त्रिभुवन पार्कमा रहेको थ्रिडी आर्ट म्युजियमको पछाडिको नालीमा थ्रिडी आर्टकी महिला कर्मचारीले देखेर प्रहरीलाई खबर गरेपछि एम्बुलेन्ससहित प्रहरी घटनास्थलमा पुगेको थियो ।

अहिले थिङको शव पोष्टमार्टमका लागि लगिएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌