विज्ञापन
No data was found

'चन्द्रागिरि नगरकप ब्याडमिन्टन प्रतियोगिता भाेलिदेखि सुरु हुँदै'

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पाँचौं खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ भोलिदेखि सुरु हुँदैछ ।

विज्ञापन

राष्ट्रव्यापी खुल्ला भेट्रान्समा ३१ टिमको सहभागीता रहने छ । त्यस्तै चन्द्रागिरि नगर स्तरीय “बी” समूहमा २० टिमले भाग लिएको आयोजकले जनाएको छ भने अन्तर नगरपालिका अन्तर्गत चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुर सहभागी प्रतियोगितामा १५ टिमको सहभागीता रहेको छ ।

विज्ञापन

भोलिदेखि सुरु हुने प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा अन्तर नगरपालिका अन्तर्गत चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुरका खेलाडीहरूले भाग लिन पाउने छन् । त्यस्तै, राष्ट्रव्यापी भेट्रान्स खुल्ला १०० प्लसमा भने नेपाल अधिराज्यभरका टप २० र्याकिंग बाहेकका खेलाडीहरुले भाग लिन पाउने छन् । साथै, चन्द्रागिरि नगरस्तरीय समुह “बी” मा भने चन्द्रागिरि नगरभित्र बसोबास गर्ने तर कुनै पनि प्रतियोगितामा विजयी नभएका खेलाडीहरूले मात्र भाग लिन पाउने छन् ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रागिरि विकास मञ्चले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा अन्तर नगरपालिका अन्तर्गत प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार साथै तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिने छ ।

त्यस्तै, राष्ट्रव्यापी खुल्ला भेट्रान्समा भने प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिने छ ।

साथै, चन्द्रागिरि नगर स्तरीय “बी” समूहमा भने प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिने छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌