काठमाडाैं । सडक कालोपत्रे गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउनका लागि नगरपालिकाका कर्मचारी र सम्पादकको मिलेमतामो एकप्रति मात्रै पत्रिका छापेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
विज्ञापन
पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सहलेखापाल उपेन्द्रकुमार साह तथा जन प्रतिबिम्ब द्रनिकका प्रकाशक तथा सम्पादक सञ्जयकुमार साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
विज्ञापन
उनीहरूले सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना लुकाउन एकप्रति मात्रै पत्रिका छापेर ६५ हजार रुपैयाँ हानी नोक्सानी पुर्याएको पाइएकाले मुद्दा दर्ता गरिएको प्रवक्ता अधिकारीको भनाइ छ।