प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल चैत्र १६ गतेको सिफारिसमा २०८२ साल चैत १९ गते बिहीबारका दिन २ बजेका लागि संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका […]
रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्यो अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ । लेखककी पत्नी यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । बन्दी प्रत्यक्षीकरण रिटमा लेखकलाई तत्काल रिहाइको माग गरिएको थियो । तर, सर्वोच्चले अस्वीकार गरिदियो ।
अर्थ मन्त्रालयले गर्यो ३० उपसचिव सरुवा

काठमाडाैं । अर्थ मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै

काठमाडाैं । ६९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजना हुने “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम”मा सहभागी हुन चन्द्रागिरि नगरपालिकाभित्रका सहकारी संस्थाहरूलाई चन्द्रागिरि नगर सहकारी समन्वय समितिले अनुरोध गरेको छ । चन्द्रागिरि नगरपालिकाको विशेष सहयोग तथा कोअपरेटिभ मेनेजर्स क्लब र चन्द्रागिरि नगर बहुउद्देश्यीय सहकारी समन्वय समितिको सह-आयोजनामा हुने उक्त नगरस्तरीय कार्यक्रमका लागि जम्मा हुन नगरका विभिन्न क्षेत्रहरू तोकिएका […]
क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता कृतिको सूची सार्वजनिक

काठमाडाैं । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता संग्रहको सूची सार्वजनिक गरिएको छ । शीर्ष चारमा परेका कृतिहरूमा सबिना राईको “घामको जरा”, दोस्ताजको “एकदिन मानिसहरू फर्किनेछन्” उमेश अवस्थी आदर्शको “सन्ध्यामा सूर्य” तथा सिमयोन सुकिता राईको “सिमयोन सिम्फोनी” रहेका छन् । विजेतालाई २०८३ वैशाख ४ गते नेपाल […]
प्रधानमन्त्री बालेन्द्र शाहले आज ४ बजेका लागि बोलाए मन्त्रीपरिषद् बैठक

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो बैठक नयाँ सरकार गठनपछिको दोस्रो औपचारिक बैठक हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार बैठकमा मन्त्रालयगत कार्यसम्पादन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यसअघि शुक्रबार बसेको पहिलो बैठकले […]
आयाम सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

काठमाडाैं । आयाम बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं ३ थानकोट कार्यालय रहेको आयाम सहकारी संस्थाले गर्न लागेको उक्त स्वास्थ्य शिविर कार्यक्रमका लागि चन्द्रागिरि ११ स्थित सतुंगलमा रहेको मेड प्वाइन्ट हस्पिटलले प्राविधिक सहयोग गर्नेछ भने विशेष सहयोगी संस्थाको रूपमा अचुक स्वास्थ्य क्लिनिक, महादेवस्थान र […]
देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि देशका […]