काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।
विज्ञापन
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विज्ञापन
आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ ।