विज्ञापन
No data was found

'प्रधानमन्त्री बालेन्द्र शाहले आज ४ बजेका लागि बोलाए मन्त्रीपरिषद् बैठक'

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

विज्ञापन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो बैठक नयाँ सरकार गठनपछिको दोस्रो औपचारिक बैठक हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार बैठकमा मन्त्रालयगत कार्यसम्पादन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

विज्ञापन

यसअघि शुक्रबार बसेको पहिलो बैठकले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारका सय ओटा कार्यसूची स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको थियो ।

नियमित कार्यतालिका अनुसार सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने परम्परालाई निरन्तरता दिँदै आजको बैठकमा अघिल्ला निर्णयहरूको कार्यान्वयन प्रक्रिया र थप प्रशासनिक सुधारका कदमबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै

क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार – २०८२ का लागि शीर्ष चार कविता कृतिको सूची सार्वजनिक

आयाम सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै