काठमाडाैं । आयाम बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निशुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिकाको वडा नं ३ थानकोट कार्यालय रहेको आयाम सहकारी संस्थाले गर्न लागेको उक्त स्वास्थ्य शिविर कार्यक्रमका लागि चन्द्रागिरि ११ स्थित सतुंगलमा रहेको मेड प्वाइन्ट हस्पिटलले प्राविधिक सहयोग गर्नेछ भने विशेष सहयोगी संस्थाको रूपमा अचुक स्वास्थ्य क्लिनिक, महादेवस्थान र निरोग स्वास्थ्य क्लिनिक तथा निरोग फार्मेसी, थानकोटको सहभागिता रहनेछ ।
विज्ञापन
शिविरमा प्रेसर, सुगर, दाँत सम्बन्धि चेकजाँच, इसिजी, भिडियो एक्सरे तथा निशुल्क औषधि वितरण समेत गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम चैत्र २८ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म आयाम सहकारी संस्थाको प्राङ्गण, थानकोट महालक्ष्मी मन्दिर ईमाखेलमा हुनेछ ।