शिक्षक सेवा आयोगले लिने अन्तर्वाता परीक्षाहरू स्थगित

काठमाडाैं । शिक्षक सेवा आयोगले लिने निम्न माध्यामिक तथा प्राथमिक तहको अन्तर्वार्ता, परिक्षा कार्यक्रम स्थगित गरिएको छ । शिक्षक सेवा आयोगको २०८२ चैत्र ११ गतेदेखि २०८२ चैत्र १३ सम्म प्रकाशित सूचना अनुसार निम्नमाध्यमिक तह, द्वितीय श्रेणी र प्राथमिक तह प्रथम र द्वितीय श्रेणीका शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सफल भएका उम्मेद्वारहरूको मिति २०८३ वैशाख २७ […]
कीर्तिपुरमा ३ जना मिलेर खुकुरी प्रहारी युवकको हत्या

काठमाडौँ । कीर्तिपुर १० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट युवकको हत्या भएको छ । ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको हाे । धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका […]
चन्द्रागिरि नगरपालिकाको कडा निर्देशन, “सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर”

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको अनधिकृत प्रयोग बन्द गर्न १५ दिने सूचना जारी गरेको छ । सार्वजनिक जग्गा व्यवस्थापन गर्न चन्द्रागिरि नगरकार्यपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी बसोबास तथा अन्य प्रयोजनमा प्रयोग गर्दै आएका सम्पूर्ण व्यक्तिहरूलाई १५ (पन्ध्र) दिनभित्र आफ्नो सामान सुरक्षित स्थानमा व्यवस्थापन […]
इरानविरुद्धको सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकी घोषणा

काठमाडौं। अमेरिका र इजरायलले करिब २ महिनादेखि इरानमाथि गरेको सैन्य कारबाही समाप्त भएको घोषणा गरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका हुन्। ह्वाइट हाउसमा मंगलबार आयोजित ब्रिफिङमा उनले करिब दुई महिना चलेको ‘अपरेसन एपिक फ्युरी’को चरण पूरा भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अपरेसन एपिक फ्युरी […]
गोकर्णेश्वरमा ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव बैशाख २४ गतेदेखि सुरु हुँदै

काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको जनाएकाे छ । यहीँ वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, […]
आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै

काठमाडाैं । आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै भएकाे छ । प्राधिकरणको मातातिर्थका अनुसार स्युचाटार सवस्टेशनदेखि मातातिर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई नयाँ तारले बदली गर्ने कार्यका लागि विभिन्न फिडरमा बिजुली सेवा अवरुद्ध हुन लागेकाे हाे । आज यी स्थानमा बिहान १० बजेदेखि […]
सान इन्टरनेशनल कलेजले शैक्षिक क्षेत्रमा फड्को मार्दै, नैकापमा ७ तले भवन निर्माण हुँदै

काठमाडौं । नेपालकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित सान इन्टरनेशनल कलेजको नयाँ भवन चन्द्रागिरिको नैकापमा निर्माण भइरहेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित नैकापमा बन्दै गरेको उक्त भवन सात तलाको हुनेछ । अन्डर ग्राउण्डमा कार पार्किंग र खेलकुद रहने छ भने ग्राउण्ड फ्लोरमा ल्याब, लाइबेरी, सोधपुच शाखा रहने जनाइएको छ । त्यस्तै पहिलो […]