विज्ञापन

'गोकर्णेश्वरमा ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव बैशाख २४ गतेदेखि सुरु हुँदै'

काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको जनाएकाे छ ।

विज्ञापन

यहीँ वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।

विज्ञापन

यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा हुने महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री गरिने छ ।

महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने अध्यक्ष महतले शोणितपुर खबरलाई जानकारी दिए ।

महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिने जानकारी दिदै उनले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयाजनमा प्रतियोगिता गर्न गरि तयारी पुरा भएको जानकारी दिए। महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिने र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण हुने बताए।

महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिने महोत्सवमा जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने उनले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि नगरपालिकाको कडा निर्देशन, “सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर”

इरानविरुद्धको सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकी घोषणा

आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै

सान इन्टरनेशनल कलेजले शैक्षिक क्षेत्रमा फड्को मार्दै, नैकापमा ७ तले भवन निर्माण हुँदै

ट्रेड युनियनका कार्यालय बन्द गरी सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन

त्रिभुवन पार्क सञ्चालन लागि थानकोटका चन्द्रबहादुर गोपालीको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा

बागमतीमा मन्त्रालयको सङ्ख्या १४ बाट घटेर ८ बनाउने निर्णय

ओमानमाथि नेपालको शानदार जित, गुल्शनले लिए ५ विकेट