काठमाडौं । नेपालकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित सान इन्टरनेशनल कलेजको नयाँ भवन चन्द्रागिरिको नैकापमा निर्माण भइरहेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित नैकापमा बन्दै गरेको उक्त भवन सात तलाको हुनेछ । अन्डर ग्राउण्डमा कार पार्किंग र खेलकुद रहने छ भने ग्राउण्ड फ्लोरमा ल्याब, लाइबेरी, सोधपुच शाखा रहने जनाइएको छ । त्यस्तै पहिलो तलामा सभाहल, दोस्रो, तेस्रो र चौथो तलामा कक्षा कोठा र पाँचौ तलामा भने फुटसल र क्यान्टिन समेत रहने छ ।
नैकापमा अहिले सञ्चालन भइरहेको सान कलेजको अगाडि रहेको आफ्नै जग्गामा बन्दै गरेको उक्त भवनबाट सम्भवत यहि शैक्षिक सत्रबाट प्लस २ को कक्षा सञ्चालन गर्ने योजना रहेको सान ईन्टरनेशनल कलेजका अध्यक्ष सुवास घिमिरेले जानकारी दिएका छन् ।
सान कलेजले आधुनिक शैक्षिक वातावरण, अनुभवी शिक्षक–शिक्षिका र प्रविधिमैत्री प्रयोगशालासहित विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने कलेजले प्लस टु तहदेखि स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयमा अध्ययन–अध्यापनको व्यवस्था गरेको छ ।
अतिरिक्त क्रियाकलाप, शैक्षिक तालिम, सेमिनार तथा विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास गर्न आधुनिक प्रविधि, गुणस्तरीय अध्यापन, अनुभवी शिक्षक तथा संस्कारयुक्त वातावरणका कारण सान इन्टरनेशनल कलेज चन्द्रागिरि क्षेत्र मात्र नभई काठमाडौं उपत्यकाभरि नै उच्च शिक्षाको एक विश्वसनीय गन्तव्य बन्ने दिशामा अघि बढिरहेको देखिन्छ ।