काठमाडाैं । शिक्षक सेवा आयोगले लिने निम्न माध्यामिक तथा प्राथमिक तहको अन्तर्वार्ता, परिक्षा कार्यक्रम स्थगित गरिएको छ ।
विज्ञापन
शिक्षक सेवा आयोगको २०८२ चैत्र ११ गतेदेखि २०८२ चैत्र १३ सम्म प्रकाशित सूचना अनुसार निम्नमाध्यमिक तह, द्वितीय श्रेणी र प्राथमिक तह प्रथम र द्वितीय श्रेणीका शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सफल भएका उम्मेद्वारहरूको मिति २०८३ वैशाख २७ गतेदेखि सम्बन्धित प्रदेशस्थित विभिन्न स्थानमा सञ्चालन हुने गरी तय भएको अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको हो ।
विज्ञापन
शिक्षक सेवा आयोगले दिएको जानकारी अनुसार अर्को सूचना प्रकाशन नभएसम्मका लागि निम्न माध्यामिक तथा प्राथमिक तहको अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको जनाएको हो ।