विज्ञापन

'चन्द्रागिरि नगरपालिकाको कडा निर्देशन, “सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर”'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको अनधिकृत प्रयोग बन्द गर्न १५ दिने सूचना जारी गरेको छ ।

विज्ञापन

सार्वजनिक जग्गा व्यवस्थापन गर्न चन्द्रागिरि नगरकार्यपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरी बसोबास तथा अन्य प्रयोजनमा प्रयोग गर्दै आएका सम्पूर्ण व्यक्तिहरूलाई १५ (पन्ध्र) दिनभित्र आफ्नो सामान सुरक्षित स्थानमा व्यवस्थापन गरी सम्बन्धित जग्गा खाली गर्न सूचना जारी गरेको हो ।

विज्ञापन

तोकिएको समयावधिभित्र अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानून तथा नेपाल सरकारको नीति बमोजिम आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमण हटाइने साथै, अतिक्रमण हटाउने क्रममा हुन सक्ने क्षति वा असुविधाप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने समेत नगरपालिकाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

इरानविरुद्धको सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकी घोषणा

गोकर्णेश्वरमा ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव बैशाख २४ गतेदेखि सुरु हुँदै

आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै

सान इन्टरनेशनल कलेजले शैक्षिक क्षेत्रमा फड्को मार्दै, नैकापमा ७ तले भवन निर्माण हुँदै

ट्रेड युनियनका कार्यालय बन्द गरी सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन

त्रिभुवन पार्क सञ्चालन लागि थानकोटका चन्द्रबहादुर गोपालीको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा

बागमतीमा मन्त्रालयको सङ्ख्या १४ बाट घटेर ८ बनाउने निर्णय

ओमानमाथि नेपालको शानदार जित, गुल्शनले लिए ५ विकेट