काठमाडाैं । आज चन्द्रागिरिका अधिकांश स्थानमा बिहान १० बजेबाट ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुँदै भएकाे छ ।
प्राधिकरणको मातातिर्थका अनुसार स्युचाटार सवस्टेशनदेखि मातातिर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई नयाँ तारले बदली गर्ने कार्यका लागि विभिन्न फिडरमा बिजुली सेवा अवरुद्ध हुन लागेकाे हाे ।
आज यी स्थानमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
थानकोट फिडर
पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्यूचर, लामाचाैर, बानियाँ गाउँ, किटनी भञ्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास, सृजना चोक लगायतका क्षेत्र ।
खड्का गाउँ फिडर
सस गेट, शालिक चोक, एलआरआई स्कुल, खड्का गाउँ, न्यू डाउयमण्ड, पुरानो हिमशिखर, पिपलबोट, थानेटार, भाँडा कारखाना, मितेरी चोक, पञ्चकन्या स्कुल क्षेत्र
हसनटार फिडर
सःस अगाडी, पाटी चोक, अमरज्योती, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गाैतम गाउँ, हसनटार, कंकाली, पहेंलो गुम्बा, गोदामथोक, महांकाल, सीताराम स्कुल, पद्मा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरी गाउँ, दर्शन खोला, दहचोक, भीमढुङ्गा, खड्का गाउँ, खत्री गाउँ, छत्रेदेउराली लगायतका क्षेत्र।