यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान गरेको छ । आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आँकलन गर्दै देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम औसतभन्दा बढी हुने विभागले जनाएको छ । न्यूनतम तापक्रम देशभर तापक्रम समेत सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम प्रदेश, […]
थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन

काठमाडाैं । थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन भएकी छिन् । मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं १२ टिस्टुङ बस्ने वर्ष ३४ कि बिनिता तामाङ वैशाख ९ गतेदेखि सम्पर्क विहीन रहेको उनका श्रीमान सानुकान्छा थिङले जानकारी दिएका छन् । वैशाख ८ गतेसम्म फोन तथा सामाजिक सञ्जालमा सम्पर्क हुँदा आफू दिदीको गुर्जुधारास्थित होटलमा रहेको बताएकी […]
कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

काठमाडौँ । प्रहरीले कम तौल राखी तेल बेचेर ठगी गरेकाे आराेपमा एक उद्योगीलाइ पक्राउ गरेकाे छ । ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गरेको फेला परेको हाे। उक्त उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल (१ लिटर र ५०० एमएल) […]
चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै

काठमाडौं । नेपाल बुदोकैदो फूल कन्ट्रयाक्ट संघका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने भएका छन् । यहि मे ९ र १० गते ग्रिसमा हुन गइरहेको “9th world festival of martial arts” प्रतियोगितामा नेपालबाट चन्द्रागिरि नगरपालिका बुदोकैदो फुल कन्ट्याक्ट कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बिनिस महर्जन ३२ केजी तौल समूहमा र वीरकृष्ण महर्जन भेट्रान्स समूहमा छनोट […]
काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । काठमाडौंमा वर्षा हुने सम्भावना छ र दिनभरको मौसम मुख्यतया बदली रहने देखिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले काठमाडौं लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको […]
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडाैं । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ […]