विज्ञापन

'कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ'

काठमाडौँ । प्रहरीले कम तौल राखी तेल बेचेर ठगी गरेकाे आराेपमा एक उद्योगीलाइ पक्राउ गरेकाे छ ।

विज्ञापन

ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गरेको फेला परेको हाे।

विज्ञापन

उक्त उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल (१ लिटर र ५०० एमएल) को प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो।

प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार ललितपुरको लेले महादेव स्थानबाट २०० कार्टुन, इमाडोलबाट ५३० कार्टुन र थसिखेलबाट १७५ कार्टुन गरी जम्मा ९०५ कार्टुन छहारी तथा ओमकार ब्राण्डका सनफ्लावर तेल बरामद गरिएको छ।

पक्राउ परेका श्रेष्ठ र बरामद गरिएका सामानहरूलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन

चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै

काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा