विज्ञापन

'काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने'

काठमाडौँ । काठमाडौंमा वर्षा हुने सम्भावना छ र दिनभरको मौसम मुख्यतया बदली रहने देखिन्छ।

विज्ञापन

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले काठमाडौं लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ ।

काठमाडाैंसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन

कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा