बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

काठमाडौं/चन्द्रागिरि । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि चन्द्रागिरि नगरपालिकालाई विशेष प्राथमिकतामा राख्दै महत्वपूर्ण कार्यक्रम अघि बढाएको छ। प्रदेश सरकारले चन्द्रागिरिलाई स्वास्थ्य क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित जिल्लास्तरीय आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय, डिजिटल हेल्थ पोइन्ट, सुरक्षित खानेपानी, हरित तथा स्वच्छ वातावरण र ‘एक जिल्ला, एक स्वस्थ शहर’ अवधारणासँग जोडेर समग्र स्वास्थ्य विकासको योजना […]
थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

काठमाडौं, चन्द्रागिरि । थानकोटस्थित प्राथमिक अस्पतालमा निर्माणाधीन मातृत्व वार्डको बिहीबार अनुगमन गरिएको छ। आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्माण भइरहेको उक्त वार्डको प्रगति तथा पूर्वाधार अवस्थाबारे स्थलगत अवलोकन गरिएको हो। दक्षिण कोरियास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बेटर वर्ल्ड नेपाल कन्ट्री अफिसको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको मातृत्व […]
सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर सुशासनका समस्या समाधान गर्न आवश्यक सुधार प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२” को प्रतिवेदन सार्वजनिक गर्दै सहकारी क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउने लक्ष्यसहित सुधारका कदम अगाडि बढाइएको […]
मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

काठमाडाैं । मकवानपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट सुनका गरगहना, नगद रकम तथा चोरीका घटनामा प्रयोग हुने उपकरण बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–५ स्थित सानोपोखरा चोकमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँचका क्रममा नियन्त्रणमा […]
किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

काठमाडौं । “स्वच्छ वातावरण, स्वस्थ समाज: हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने मूल नारासहित चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित किसिपिडी क्षेत्रमा आज वृहत् सरसफाइ कार्यक्रम सुरु गरिएको छ। किसिपिडी ब्याडमिन्टन क्लबको आयोजना तथा बागमती प्रदेश सरकार र चन्द्रागिरि नगरपालिका वडा नं. ५ कार्यालयको विशेष सहयोगमा सञ्चालन भएको कार्यक्रम आज बिहान ६ बजेदेखि सुरु गरिएको हो। […]
चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

काठमाडाैं। नेपालमै पहिलोपटक क्यान्सर उपचारमा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन सुरु भएको छ । चितवनस्थित जायोडिन बायोटेक उद्योग ले क्यान्सरको औषधि निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थ (एपीआई–एक्टिभ फार्मास्युटिकल इन्ग्रेडियन्ट) उत्पादन सुरु गरेको जनाएको छ । उद्योगका अनुसार क्यान्सर रोग उपचारका लागि प्रयोग हुने औषधिको आधारभूत कच्चा पदार्थ हालसम्म अधिकांश विदेशबाट आयात हुँदै आएको अवस्थामा […]
मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

काठमाडौं । मातृभाषा संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय तहले विद्यालय शिक्षादेखि नै बहुभाषिक शिक्षा प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। बुधबार चन्द्रागिरि नगरपालिकामा आयोजित “मातृभाषा संरक्षणमा स्थानीय तहको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले भाषा संरक्षणलाई व्यवहारिक कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड दिएका हुन्। आदिवासी जनजाति आयोगको आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपालका धेरै भाषा संकटमा परेको […]