विज्ञापन

'सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक'

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर सुशासनका समस्या समाधान गर्न आवश्यक सुधार प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

विज्ञापन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२” को प्रतिवेदन सार्वजनिक गर्दै सहकारी क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउने लक्ष्यसहित सुधारका कदम अगाडि बढाइएको जनाएको हो।

विज्ञापन

मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको छ। प्रतिवेदनले सहकारी क्षेत्रमा वित्तीय अनुशासनको कमी, कमजोर नियमन, सुशासनको अभाव र बचतकर्ताको रकमको दुरुपयोगजस्ता समस्या उजागर गरेको छ।

नेपालको संविधानले अंगीकार गरेको तीनखम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण आधारका रूपमा परिकल्पना गरिएको भए पनि पछिल्ला वर्षहरूमा देखिएका बचत फिर्ता सम्बन्धी समस्या, वित्तीय अनियमितता तथा नियमनको कमजोरीका कारण यस क्षेत्रप्रतिको जनविश्वासमा असर परेको मन्त्रालयले जनाएको छ।

आयोगले सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र सञ्चालनका निर्णयहरू पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण र स्पष्ट मापदण्ड विपरीत भएको निष्कर्ष निकालेको छ।

केही सहकारी सञ्चालकले सहकारीको मूल मर्म र उद्देश्यविपरीत बचतकर्ताको रकम हिनामिना गर्ने, अपारदर्शी कारोबार सञ्चालन गर्ने तथा व्यक्तिगत स्वार्थअनुकूल गतिविधि गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले सहकारी क्षेत्रमा बहुनियामक निकायबीच समन्वयको अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, कमजोर नियमन, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

जेनजी आन्दोलन प्रकरणः निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित ४९ जनामाथि अनुसन्धान सिफारिस