विज्ञापन

'मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड'

काठमाडौं । मातृभाषा संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय तहले विद्यालय शिक्षादेखि नै बहुभाषिक शिक्षा प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। बुधबार चन्द्रागिरि नगरपालिकामा आयोजित “मातृभाषा संरक्षणमा स्थानीय तहको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले भाषा संरक्षणलाई व्यवहारिक कार्यान्वयनसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।

विज्ञापन

आदिवासी जनजाति आयोगको आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपालका धेरै भाषा संकटमा परेको तथ्य प्रस्तुत गर्दै संरक्षणका लागि स्थानीय सरकारको सक्रियता अपरिहार्य रहेको धारणा राखिएको थियो।

विज्ञापन

कार्यक्रममा नेपालमा बोलिने १ सय २४ भाषामध्ये २५ वटा भाषा लोप भइसकेको र हाल ९३ वटा भाषा मात्रै व्यवहारमा रहेको जानकारी दिइएको थियो। वक्ताहरूले भाषा हराउनु भनेको समुदायको पहिचान, संस्कृति र ज्ञान प्रणाली नै संकटमा पर्नु भएको उल्लेख गर्दै संरक्षणका लागि स्थानीय नीति, बजेट र कार्यक्रम आवश्यक रहेको बताए।

विशेषगरी प्रारम्भिक बाल विकास तहदेखि नै मातृभाषामा आधारित बहुभाषिक शिक्षा पद्धति लागू गर्नुपर्ने, स्थानीय पाठ्यक्रममा मातृभाषालाई समावेश गर्नुपर्ने तथा आदिवासी समुदायका भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्ने वातावरण बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

सहभागीहरूले स्थानीय तहले भाषा संरक्षणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी विद्यालय, समुदाय र सांस्कृतिक गतिविधिसँग जोडेर दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश

जेनजी आन्दोलन प्रकरणः निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित ४९ जनामाथि अनुसन्धान सिफारिस