विज्ञापन

'२०२४ मा गुगलमा धेरैले खोजे ‘कोपा अमेरिका’, नेपालमा के खोज गरियो ?'

काठमाडौं । सन् २०२४ मा विश्वभरबाट सबैभन्दा बढी गुगल सर्च गरिनेमा फुटबल प्रतियोगिता कोपा अमेरिका परेको छ । मङ्गलबार गुगलले सार्वजनिक गरेको वार्षिक ट्रेन्डस् सर्च अनुसार ‘कोपा अमेरिका’ यस वर्ष सबैभन्दा बढी खोजिनेमा परेको हो ।

विज्ञापन

अझ रोचक तथ्य त शीर्ष १० सर्चमध्ये छ ओटा मात्रै खेलसम्बन्धी छन् । जसमा दोस्रोमा युईएफए युरोपियन च्याम्पियनशिप, तेस्रोमा आईसीसी मेन्स टी-२० वर्ल्ड कप र चौथोमा भारत र इङ्ल्यान्डको टेस्ट म्याच रहेको छ । त्यसपछि क्रमशः सातौं, आठौं, नवौं र दशौंमा इन्डिया भर्सेस बङ्गलादेश, आईफोन १६, ओलम्पिक गेम्स पेरिस २०२४ र वेल्सकी राजकुमारी क्याथरिन रहेकी छिन् ।

विज्ञापन

यद्यपि गुगल ट्रेन्ड्सको वेबसाइटमा कस्टम डेट २०२४ राखेर हेर्दा नेपालमा यस वर्ष क्रमशः वेदर, युट्युब, फेसबुक, आईपीएल र नेपाली टू अङ्ग्रेजी बढी मात्रामा सर्च गरेको देखिन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन